०५ असार २०८३, शुक्रबार

तुर्कमेनिस्तानको भ्रमणमा निस्किए अफगानिस्तानका राष्ट्रपति

कात्तिक २०, २०७४
तुर्कमेनिस्तानको भ्रमणमा निस्किए अफगानिस्तानका राष्ट्रपति

काबुल, १ असोज– अफगानिस्तानका राष्ट्रपति असरफ घानी छिमेकी देश तुर्कमेनिस्तानको भ्रमणमा निस्किएका छन् ।

आइतबारको एकदिने औपचारिक भ्रमणमा निस्किएका राष्ट्रपति घानीले तुर्कमेनिस्तानको सहर अस्गाबाटमा उनका समकक्षी तुर्कमेनिस्तानका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति असरफ घानी एकदिने औपचारिक बैदेशिक भ्रमणका लागि आइतबार प्रस्थान गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उनी तुर्कमेनिस्तानको राजधानी अस्गाबाटमा आयोजना गरिएको पाँचौ एसियन इन्डोर गेम २०१७ को उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा घानीले आफ्ना समकक्षीहरु तुर्कमेनिस्तानका राष्ट्रपति गर्बाङ्गुली बेर्डीमुखामेडेभ र ताजिकिस्तानका राष्ट्रपति इमोमाली राहमोनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्