०३ असार २०८३, बुधबार

‘ऐंचो पैंचो’मा कस्तो भूमिकामा छिन् वर्षा राउत ?

भदौ ३, २०८०
काठमाडौं
‘ऐंचो पैंचो’मा कस्तो भूमिकामा छिन् वर्षा राउत ?

नेपाली फिल्म ‘ऐंचो पैंचो’ भदौको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको फिल्ममा शीर्षमध्येको एक पात्रको भूमिकामा छिन् अभिनेत्री वर्षा राउत । गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’पछि नयाँ फिल्ममा नदेखिएकी उनी ‘ऐंचो पैंचो’लाई लिएर उत्साहित छिन् । 

वर्षा आफूलाई हरेक फिल्म आउँदा पहिलो फिल्म रिलिज भएको जस्तो महसुस हुने बताउँछिन् ।

‘हरेकमा फरक–फरक क्यारेक्टर निर्वाह गरिने र अपेक्षा पनि प्रायः फिल्मलाई लिएर हुने भएका कारण पनि हरेक पटक नयाँ फिल्म आउँदै गरेको जस्तो लाग्छ’ – ‘ऐंचो पैंचो’को प्रचारप्रसारका क्रममा भेटिएकी उनले भनिन् ‘यो फिल्म केही ग्यापपछि रिलिज हुन लागेको भएर पनि होला, एकदमै नयाँ फिल्म रिलिज हुँदै गरेको जस्तो भइरहेको छ ।’

यो फिल्मलाई सामाजिक र राजनीतिक ड्रामा भनिएको छ । 

फिल्ममा कस्तो भूमिकामा देखिएकी छिन् वर्षा ? यसबारे उनी धेरै खुलाउन चाहँदिनन् । 

‘धेरै खुलाउन त मिल्दैन । यद्यपि, रमाइलो छ मेरो क्यारेक्टर’ उनी भन्छिन् ‘मेरो क्यारेक्टरसँग इमोशनल ड्रामाहरू लिंकअप छ । फिल्ममा चाहिने मसला म बाट हुन्छ कि जस्तो लाग्छ ।’ 

वर्षाले फिल्म राम्रो बनेको विश्वास लिएको बताइन् । आफूलाई राम्रो लागेको प्रोजेक्ट अरूलाई पनि राम्रो लागिदेओस् भन्ने चाहना रहेको समेत उनले सुनाइन् । 

फिल्ममा वर्षासँगै स्वस्तिमा खड्का, सुशील सिटौला, मुकुन भुषाल, कोसिस क्षेत्री लगायतको शीर्ष भूमिका छ । सबै कलाकारहरूसँग सहकार्य सहज भएको वर्षाले बताइन् । 

यतिबेला उनले अन्य केही फिल्मको स्क्रिप्टहरू समेत हेरिरहेकी छिन् । यद्यपि, साइन गरिसकेकी छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्