×

NIC ASIA

‘ऐंचो पैंचो’मा कस्तो भूमिकामा छिन् वर्षा राउत ?

काठमाडाैं | भदौ ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाली फिल्म ‘ऐंचो पैंचो’ भदौको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको फिल्ममा शीर्षमध्येको एक पात्रको भूमिकामा छिन् अभिनेत्री वर्षा राउत । गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’पछि नयाँ फिल्ममा नदेखिएकी उनी ‘ऐंचो पैंचो’लाई लिएर उत्साहित छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षा आफूलाई हरेक फिल्म आउँदा पहिलो फिल्म रिलिज भएको जस्तो महसुस हुने बताउँछिन् ।


Advertisment
Rupse Holidays
Nabil box

‘हरेकमा फरक–फरक क्यारेक्टर निर्वाह गरिने र अपेक्षा पनि प्रायः फिल्मलाई लिएर हुने भएका कारण पनि हरेक पटक नयाँ फिल्म आउँदै गरेको जस्तो लाग्छ’ – ‘ऐंचो पैंचो’को प्रचारप्रसारका क्रममा भेटिएकी उनले भनिन् ‘यो फिल्म केही ग्यापपछि रिलिज हुन लागेको भएर पनि होला, एकदमै नयाँ फिल्म रिलिज हुँदै गरेको जस्तो भइरहेको छ ।’

Vianet communication

यो फिल्मलाई सामाजिक र राजनीतिक ड्रामा भनिएको छ । 

फिल्ममा कस्तो भूमिकामा देखिएकी छिन् वर्षा ? यसबारे उनी धेरै खुलाउन चाहँदिनन् । 

‘धेरै खुलाउन त मिल्दैन । यद्यपि, रमाइलो छ मेरो क्यारेक्टर’ उनी भन्छिन् ‘मेरो क्यारेक्टरसँग इमोशनल ड्रामाहरू लिंकअप छ । फिल्ममा चाहिने मसला म बाट हुन्छ कि जस्तो लाग्छ ।’ 

वर्षाले फिल्म राम्रो बनेको विश्वास लिएको बताइन् । आफूलाई राम्रो लागेको प्रोजेक्ट अरूलाई पनि राम्रो लागिदेओस् भन्ने चाहना रहेको समेत उनले सुनाइन् । 

फिल्ममा वर्षासँगै स्वस्तिमा खड्का, सुशील सिटौला, मुकुन भुषाल, कोसिस क्षेत्री लगायतको शीर्ष भूमिका छ । सबै कलाकारहरूसँग सहकार्य सहज भएको वर्षाले बताइन् । 

यतिबेला उनले अन्य केही फिल्मको स्क्रिप्टहरू समेत हेरिरहेकी छिन् । यद्यपि, साइन गरिसकेकी छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x