०७ असार २०८३, आइतबार

रामरहीमकी छोरी हनीप्रितलाई खोज्दै प्रहरी, दिनदिनै लोकेशन परिवर्तन

कात्तिक २०, २०७४
रामरहीमकी छोरी हनीप्रितलाई खोज्दै प्रहरी, दिनदिनै लोकेशन परिवर्तन
नयाँ दिल्ली,१ असोज– डेरा सच्चा सौदाका प्रमुख राम रहीमकी छोरी भनिएकी हनीप्रित भागेर नेपाल पुगेको भारतीय प्रहरीको दाबी छ ।  डेरा सच्चा सौदाका उदयपुर विभागका प्रमुख प्रदीपले हनीप्रित नेपालमै रहेको जानकारी दिएका छन् ।


प्रदीपलाई राति अबेरसम्म हरियाणाका प्रहरीले हिरासतमा राखेर सोधपुछ गरेका थिए । हनीप्रित विहारको बाटो हुँदै विराटनगर आएर नेपाल छिरेको भारतीय प्रहरीले दाबी गरिएको छ ।

नेपाल छिरेपछि उनले लगातार आफ्नो बसाईक्षेत्र परिवर्तन गरिरहेको भारतीय प्रहरीको दाबी छ ।  

प्रहरीका अनुसार हनीप्रितको खोज काठमाडौं, पोखरा, बुटवल र विराटनगर क्षेत्रमा भइरहेको जानकारी दिए ।  

प्रहरीले प्रदीपको मोबाइल नियन्त्रण लिएका छन् भने हनीप्रितका बारेमा प्रहरीलाई महत्वपूर्ण सूचना समेत फेला परेको छ ।

प्रहरीका अनुसार चाँडै नै हनीप्रितलाई नियन्त्रणमा लिने बताइएको छ । प्रदीपमाथि भारतको पंचकूलामा हिंसा भत्काएको आरोप छ ।

२५ अगस्टमा रामरहीमलाई सीबिआइले दुईजना साधुनीलाई बलात्कार गरेको भन्दै पक्राउ गरेको थियो । अदालतले रामरहीमलाई  बीस बर्षको जेल सुनाइएको थियो । यसको विरोधमा रामरहीमका समर्थकहरुले पंचकुलामा गरिएको हिंसात्मक प्रदर्शनमा ३० जनाको मृत्यु भएको थियो ।

प्रहरीकोे सोधपुछका क्रममा सिरसास्थित डेरा मुख्यालयबाट पंचकुलामा भीड जम्मा गर्ने योजना बनाएको प्रदीपले प्रहरीलाई जानकारी दिए ।  
 
भीड जम्मा गर्नको लागि प्रदीपले स्वयमसेवकहरुलाई प्रति पचीस हजार रुपैयाँ बाँडिएको थियो ।

हनीप्रितमाथि रामरहीमलाई भगाउने प्रयास गरेको र पंचकुलामा हिंसात्मक प्रदर्शन गर्न सहयोग गरेको आरोप छ । रामरहीमले डेराभित्र एक रहस्यमय गुफा बनाइएको थियो । जहाँ युवतीहरुमाथि यौनशोषण गर्ने काम हुन्थ्यो । एजेन्सी

कमेन्ट गर्नुहोस्