०९ असार २०८३, मंगलबार

अनकन्टार जंगलमा गाउँपालिका अध्यक्षको अपहरणकारीलाई आपत

कात्तिक २०, २०७४
अनकन्टार जंगलमा गाउँपालिका अध्यक्षको  अपहरणकारीलाई आपत
असोज, २ असोज - ‘अपहरण गरेपछि रातभर र दिनभर जंगलैजंगल हिडाए,’, अपहरणमुक्त गरिएपछि रोल्पाको थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीले पत्रकारसँग भने, ‘हुस्सु लागेको र पानी परिरहने अनकन्टार जंगलमा जुकाले वेस्सरी टोक्यो। खुट्टाबाट रगत खुवै बग्यो। अपहरण गरिएको भोलिपल्ट बिहानदेखि दिनभर खाना समेत पाइएन्।’khem
जंगलको बाटोमा अलमलिएपछि घर्तीलाई नियन्त्रणमा लिएका नेकपाका कार्यकर्ता पनि भोकभोकै हिडेको प्रमुख घर्ती बताउँछन्। ‘जंगलमा खानेकुरा पाउने अवस्था थिएन। उनीहरुले पनि खाने वस्तु केही बोकेका थिएनन्,’ प्रमुख घर्तीले थपे, ‘एकजनाको झोलामा भएको एउटा स्याउ मलाई खान दिए।’
नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिका वडा नम्बर २ कोइजबाङ ससुराली घरबाटै प्रमुुख घर्तीलाई भदौ २९ गते रातको एघार बजे अपहरण गरेको सुरक्षा अधिकारीले जानकारी दिए।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घर्तीको खोजी गरिएको थियो। घर्तीलाई नेकपा कार्यकर्ताले रोल्पाका तीन पत्रकारको रोहबरमा रोल्पा नगरपालिका–१० धबाङ भनभनेबाट शनिबार साँझ छाडेको प्रमुख जिल्ला अधिकारी डा. डीजन भट्टराईले जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्