काठमाडौं, २ असोज- अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरूलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमलाई गत बिहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाएको थियो ।

गृह मन्त्रालयका अनुसार फिर्ता गरिएकामा ३३ देखि ६७ वर्ष उमेर समूहका छन् । सशस्त्रले बुझाएका म्यान्मारका ती नागरिकलाई अध्यागमन कार्यालयले इन्ट्री रिफ्युज गरेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।