रौतहट, २ असोज– नेकपा एमाले वरिष्ठ नेता तथा प्रर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहटबाट मतदान गरेका छन् ।
नेता नेपालले रौतहट सदरमुकाम रहेको गौर नगरपालिकाबाट मतदान गरेका हुन् ।
नेता नेपालले गौरको राम जानकी कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । उक्त मतदान केन्द्रबाट नेता नेपालले पहिलो मतदाताको रुपमा मतदान गरेका हुन् ।