१८ असार २०८३, बिहीबार

कसले गरायो चूडामणि शर्माको घरमा बम बिस्फोट ?

कात्तिक २०, २०७४
कसले गरायो चूडामणि शर्माको घरमा बम बिस्फोट ?

काठमाडौं, २ असोज– कर छली गरेको आरोपमा निलम्बनमा परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माको घरमा बम बिस्फोट भएको छ ।

अज्ञात समुहले आइतबार राति करिव १ बजेतिर शर्माको घरमा सिलिण्डर बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । काठमाडौंको बुडानिलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास नजिकै रहेको शर्माको घरमा बम बिस्फोट गराइएको हो ।

बम बिस्फोटबाट शर्माको घरको गेटमा सामान्य क्षति पुगेको जनाइएको छ । बम कसले बिस्फोट गराएको भन्नेबारे अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

बम बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्