
रौतहट, २ असोज– रौतहटको एक निर्वाचन बुथमा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता बीच झडप भएको छ ।
रौतहटको मौलापुर नगरपालिका ३ प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपनि चिर्वाचन प्रक्रिया केही बेर रोकिएको थियो । निर्वाचन अधिकृत र दलहरुको प्रयासमा केही बेर अघि निर्वाचन पुन सुचारु भएको छ ।