०७ असार २०८३, आइतबार

आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

भदौ ९, २०८०
काठमाडौं
आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

हाल सप्तकोशी नदी र यसका सहायक नदीहरू तमोर, अरुण, सुनकोशी नदीको जलसतह सतर्कता तह आसपास रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पनि नदीहरूको जलसतह केही घट्ने तर सतर्कता तह आसपासनै रहने पूर्वानुमान छ । यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज (शनिवार) ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, सोलुखुम्बु बोखलढुङ्गा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर भक्तपुर, धनुषा, महित्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (पूर्व), रसुवा, नुवाकोट, गोरखा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

null

 

कमेन्ट गर्नुहोस्