
काठमाडौं २ असोज – चिकित्सकहरुको लापरवाहीका कारण बिरामीको मृत्यु, घाइते वा अंग भंग भए अब लापरवाही गर्ने चिकित्सकहरुले नै क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । सो सम्बन्धी विधेयक संसद्मा ल्याउन मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
चिकित्सको लापरवाहीका कारण अस्पतालमा उपचारको क्रममा धेरै व्यक्तीको मृत्यु हुने र गम्भीर घाइते हुँने परिस्थिती जन्मिएकोेले पीडितहरुको क्षतिपूर्ती सम्बन्धित चिकित्सकबाटै भराउने उदेश्यले आवस्यक निर्णय गरी सदनमा विधेयक पेश गर्न स्वास्थ्य मन्त्रालयालाई निर्देशन दिइएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए ।
स्वास्थ्य संस्थाहरुमा चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु हुने र अस्पतालमा तोडफोडका घटना बढेपछि सरकारले लापरवाही गर्ने चिकित्सकबाटै क्षतिपूर्ति भराउने कानून बनाउन लागेको हो ।