१६ असार २०८३, मंगलबार

खेलाडीलाई ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बित

भदौ १०, २०८०
काठमाडौं
खेलाडीलाई ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बित

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।

महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।

चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । प्रशिक्षक रुबियालेसले चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरह भएपछि उनले क्षमा याचना गरेका थिए । 

यद्यपि उनले सहमतिमा चुम्बन गरेको बताएका छन् । खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् । स्पेनको पहिलो महिला विश्वकप उपाधिको ठूलो उपलब्धिलाई चुम्बनले ओझेलमा पारेको छ ।

खेलाडी जेनीसहित उनको टोलीका सदस्यले प्रशिक्षक रुबियाल्सलाई जिम्मेवारीबाट नहटाएसम्म खेल मैदानमा नफर्कने घोषणा गरेका छन् । महासङ्घमा उनीहरूले उजुरी पनि दायर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्