कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० र भारतीयको पनि ८० नै रुपैयाँ कायम रहेको छ ।
यस्तै गोलभेँडा सानो (लोकल) को प्रतिकिलो ६० तथा टनेलको गोलभेँडाको प्रतिकिलो ८० रुपैयाँ कायम छ ।
यसैगरी आलु रातोको ५८, मकै बोडीको ११०, घिरौँलाको ७०, स्कुसको ५०, अनारको ३५०, अम्बाको १५०, हरियो लसुनको २५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
