२८ जेठ २०८३, बिहीबार

यससाता बिहीवार नै रिलिज हुँदै नेपाली फिल्म

भदौ १२, २०८०
काठमाडौं
यससाता बिहीवार नै रिलिज हुँदै नेपाली फिल्म

यससाता नेपाली फिल्महरु बिहीवार नै प्रदर्शनमा आउँदैछन् । फ्राइडे रिलिजको परम्परा रहेकोमा यससाता जनै पूर्णिमा एवं गाईजात्राको अवसर पारेर फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ बिहीवारबाटै प्रदर्शनमा आउन लागेका हुन् । 

विशेष पर्वमा फिल्महरू यसरी शुक्रवार बाहेकका दिनमा पनि प्रदर्शनमा आउने गरेका छन् । 

बिहीवारबाट प्रदर्शनमा आउन लागेका फिल्महरू अलग अलग जनराका छन् । कृषा चौलागाईंको निर्देशन रहेको ‘ऐंचो पैंचो’ सामाजिक विषयमा बनेको फिल्म हो । राजनीतिले समाजमा पारेको प्रभावको कथा फिल्मले पेस गर्ने निर्माण टिमले जनाएको छ । 

यसमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतको अभिनय छ । 

त्यस्तै, सविन अधिकारीको निर्देशनमा बनेको ‘गणपति’ भगवानको रुपमा जन्मिएको व्यक्तिको कथामा निर्माण गरिएको छ । 

यस फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, देवेन्द्र बब्लु लगायतको अभिनय छ । 

मल्टिप्लेक्स हलहरूले दुवै फिल्मको टिकट बूकिङ खुला गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्