
नेपाली गायिका त्रिशला गुरुङले पाकिस्तानमा हुने एसिया कप क्रिकेटको उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने भएकी छन् ।
खेल शुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजेबाट उद्घाटन खेल हुनेछ ।
पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यू गर्दैछ ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।
नेपाली क्रिकेट टिमलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले जितको शुभकामना दिएका छन् ।