१९ असार २०८३, शुक्रबार

बेपत्ता पारिएकाहरूको परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्न माग

भदौ १३, २०८०
काठमाडौं
बेपत्ता पारिएकाहरूको परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्न माग

एड्भोकेसी फोरम नेपालले जबर्जस्ती बेपत्ता पारिएकाहरूको परिवारलाई न्याय तथा परिपूरणको व्यवस्था गर्न माग गरेको छ ।

जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगस्ट) को अवसरमा बुधवार एक विज्ञप्ति जारी गर्दै फोरमले न्यायका लागि अपिल गरेको हो ।

‘जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगस्ट) को अवसरमा एड्भोकेसी फोरम–नेपाल जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको परिवारको सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्नका लागि नेपाल सरकारलाई अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बेपत्ता पारिएकाहरूको स्थिति ६० दिनभित्र सार्वजनिक गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै आपत्ति समेत जनाइएको छ ।

‘नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका पीडितहरूको सत्यतथ्य सार्वजनिक गर्नका लागि द्वन्द्वपीडितहरूले माग गरिरहेका छन् ।

२०६३ सालमा गरिएको विस्तृत शान्ति सम्झौताले बेपत्ता पारिएका व्यक्तिको स्थिति ६० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता कार्यान्वयन गरिएको छैन,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

null

salt training

कमेन्ट गर्नुहोस्