१६ असार २०८३, मंगलबार

दक्षिण कोरियाली सैनिककाे दाबी– उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गर्‍यो

भदौ १४, २०८०
काठमाडौं
दक्षिण कोरियाली सैनिककाे दाबी– उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गर्‍यो

सियोल– उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । 

दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् । उनले यसबारे विस्तृत विवरण भने दिएका भने छैनन् । 

सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम शिल्ड (यूएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ ।

प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पनि यूएफएसको एक भागको रूपमा कोरियाली प्रायद्वीपमाथि कम्तीमा एक अमेरिकी बी–१ बी रणनीतिक बमवर्षकसहित संयुक्त हवाई अभ्यासको आयोजना गरेका थिए ।

उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)ले सार्वजनिक गरेको एक तस्वीरमा उत्तर कोरियाले जुलाई १२, २०२३ मा ह्वासोङ–१८ सोलिड फ्युल अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) प्रहार गरेको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्