२५ जेठ २०८३, सोमबार

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ, पूर्वाधार निर्माण जुटौं : अर्थमन्त्री

भदौ १४, २०८०
काठमाडौं
नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ, पूर्वाधार निर्माण जुटौं : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । 

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा आज काठमाडौंमा आयोजित ‘साना राष्ट्रको क्षमताः नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा. महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन् ।

“नेपालमा सूचना प्रविधि (आइटी)का क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको छ”, उनले भने, “चालु आवको बजेटमा आइटी क्षेत्रमा लगाउँदै आइएको आम्दानी कर ५० प्रतिशत कम गर्ने नीति लिइएको छ । नेपालमा प्रविधिको क्षेत्रमा ठूलो अवसर रहेको छ ।”

मन्त्री डा. महतले ५० देखि सतप्रतिशत छात्रवृत्तिविना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्