×

NMB BANK
NIC ASIA

टेबल टेनिस टोली दक्षिण कोरिया जाँदै

काठमाडाैं | भदौ १४, २०८०

NTC
Premier Steels

 नेपाली टेबल टेनिस टोली २६औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन भोलि दक्षिण कोरिया प्रस्थान गर्दैछ । यही भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदैछन् । 

Muktinath Bank

पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जिव ढुङ्गेल छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले पुरुष÷महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । पाँचै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । एसियाली खेलकुदमा छ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दैछन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।


Advertisment
Nabil box
Kumari

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गरे । टेबल टेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो ।

Vianet communication

यसैबीच अखिल नेपाल टेबल टेनिस सङ्घ, तदर्थ समितिको पहिलो बैठकले सङ्घका वरिष्ठ सहसंयोजक सुदिल शाहीको संयोजकत्वमा खेलकुद विकास ऐनअनुसार सङ्घको नयाँ विधान बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । सङ्घका संयोजक चतुरानन्दराज वैद्यको अध्यक्षतामा आज बसेको बैठकले शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यमा सहसंयोजक वृजेन्द्र हमाल, प्रज्ज्वलकान्त मैनाली, नवीनबहादुर शाक्य र शिवसुन्दर गोथे रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x