×

NMB BANK
NIC ASIA

फेरि काठमाडौं आएर गायनमा व्यस्त सिम्रन, धमाधम गीत रेकर्ड

काठमाडाैं | भदौ १५, २०८०

NTC
Premier Steels

साङ्गीतिक क्षेत्रकी नव प्रतिभा सिम्रन परियार फेरि काठमाडौं आएर गायनमा व्यस्त बनेकी छन् । यसैसाता काठमाडौं आएकी उनले धमाधम गीत रेकर्ड गराइरहेकी छन् । 

Muktinath Bank

बिहीवार गायक प्रमोद र सिम्रनको युगल स्वरमा गीत रेकर्ड भएको छ । सुनील बिसीको शब्द एवं संगीत, विशाल निरौलाको एरेन्ज रहेको उक्त गीत रेकर्डिङका तस्वीरहरू प्रमोदले फेसबुकमा पोष्ट गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिम्रनले गायक अर्जुन सापकोटासँग पनि गीत गाएकी छन् । उक्त गीत शनिवार सार्वजनिक गर्ने तयारी छ । त्यस्तै, गायक एवं संगीतकार श्रीधर अधिकारीले पनि सिम्रनसँग दोस्रो पटक साङ्गीतिक सहकार्य गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘संसारकी प्यारी आमा’बोलको उक्त गीत शुक्रवार दिउँसो सार्वजनिक हुँदैछ । बागलुङकी १८ वर्षीय सिम्रन युट्युब अन्तवार्ताको गायकीका कारण एकाएक भाइरल भएकी थिइन् । सामाजिक सञ्जालमा प्रशंसा पाएपछि उनले काठमाडौं आएर गीत रेकर्ड गराउने अवसर पाएकी थिइन् । 

Vianet communication

सञ्चारकर्मी भोजराज थापाले उनलाई काठमाडौं ल्याएर गीत रेकर्डिङको चाँजोपाँचो मिलाएका थिए ।

यसअघि एकसाता काठमाडौं रहँदा सिम्रनले १४ वटा गीतमा स्वर दिएकी थिइन् । ​जसमध्ये धेरै गीतहरूले चर्चा पाएका थिए ।​ 

त्यसबेला गीतका अफरहरू लगातार आइरहे पनि पढाइ छुट्ने भएकाले अफर आएका गीतहरू छाडेर उनी बागलुङ फर्किएकी थिइन् ।

यसपटक फेरि काठमाडौं आएर गायनमा व्यस्त बनेकी उनी बागलुङमै कक्षा १२ मा अध्ययनरत छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x