१५ असार २०८३, सोमबार

गैंडाको खागसहित ४ जना पक्राउ

भदौ १७, २०८०
काठमाडौं
गैंडाको खागसहित ४ जना पक्राउ

गैंडाको खागसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ का ३० वर्षीय प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका ७ का ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का ३५ वर्षीय कर्ना तामाङ रहेका छन् ।

उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को महाराजगन्जबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

सीआईबीले उनीहरूलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो । बरामद भएको खागको तौल ७८८ ग्राम रहेको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

अनुसन्धानको क्रममा भदौ ८ गते ब्यूरोको टोलीले उनीहरूलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि भदौ १० गते डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाइएको सीआईबीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्