३२ असार २०८३, बिहीबार

सोलुखुम्बुको लिखुपिकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ १७, २०८०
काठमाडौं
सोलुखुम्बुको लिखुपिकेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का अध्यक्ष रमेशकुमार बस्नेत र लेखापाल जीवन सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

वडा नम्बर २ को भवन निर्माणका लागि दानपत्रमार्फत निःशुल्क प्राप्त भएको जग्गालाई ६ लाख रुपैयाँमा खरिद गरेको भनी देखाएर उनीहरूले भुक्तानी दिलाएका आयोगको दाबी छ ।

उनीहरूविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरी असुल उपरको मागदाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्