
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी अध्यक्षका लागि राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
सहमतिमा नेतृत्व चयनको प्रयास विफल भएपछि कँडेलले उम्मेदवारी दर्ता गराएका हुन् । राजु प्रसाद श्रेष्ठलाई प्रस्तावक र भोजराज पोखरेललाई समर्थक बनाएर कँडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
कँडेलले आइतबार राति ८ बजे उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि हरि रिजालले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न गर्ने तयारी छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।