
कोशी प्रदेश सरकारविरुद्धको रिट सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा मुद्दाको पेसी चढेको हो।
आइतवार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो ।
मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैध भएको भन्दै एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले रिट दायर गरेका हुन् ।
सभाको अध्यक्षता गरेका व्यक्तिले दिएको विश्वासको मतलाई गैर-संवैधानिक घोषणा गरी संविधानको धारा १६८ (३) अनुसार सरकार बनाउनुपर्ने उनको माग दाबी छ ।
उक्त उपधारामा प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्न सक्ने उल्लेख छ ।
कोशीमा सबैभन्दा ठूलो दल एमाले हो । एमाले संसदीय दलको नेता हिक्मत कार्की छन् ।