काठमाडौं, ३ असोज- सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट ८ नामक स्मार्ट फोन बजारमा ल्याएको छ । सामसुङले एस प्यानको सहयोगमा दुईवटा क्यामेरा (ओआइएस) सहितले नयाँ स्मार्ट मोबाइल फोन बजारमा ल्याएको हो । ग्यालेक्सी नोट ८ ग्राहकको चाहनालाई पूरा गरी सहजता प्रदान गर्ने सामसुङले विश्वास गरेको छ ।
नेपाली ग्राहकहरुको चाहना एवम् आकांक्षालाई पूरा गर्ने उद्देश्यले हाल नेपाली बजारमा पनि यो स्मार्ट फोन भित्र्याइएको हो”सामसङ नेपालका प्रमुख श्री प्रणय रत्न स्थापितले बताए । सो फोन २०७४ असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने बताइएको छ । यसको प्रि–बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने छ ।
शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिना भित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ । विभिन्न बंैंकहरु मार्फत् सहज किस्ता वन्दी योजना पनि उपलब्ध रहने छ ।