
हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज (मंगलबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन्/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन्/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।