१० असार २०८३, बुधबार

निगमले अत्याधुनिक  प्रविधिसहितको  नयाँ  पेट्रोल  पम्प  निर्माण गर्दै

भदौ १९, २०८०
काठमाडौं
निगमले अत्याधुनिक  प्रविधिसहितको  नयाँ  पेट्रोल  पम्प  निर्माण गर्दै

नेपाल  आयल  निगमले  टेकुमा  अत्याधुनिक  प्रविधिसहितको  नयाँ  पेट्रोल  पम्प  निर्माण  प्रव्रिmया  अगाडि बढाउन लागेको छ । काठमाडौँको  टेकुस्थित  साबिकको  नेसनल  ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो ।

आठ रोपनी जग्गामा आठ करोड ५० लाख रुपियाँ लागतमा अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । उपत्यकामा निजीस्तरबाट पम्प स्थापना भए पनि निगमको आफ्नो पम्प थिएन । निगम आफैँले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेलासमेत नियमित रूपमा  सञ्चालन  हुुँदा  उपभोक्तालाई  सहज  हुने  गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्