
जंगली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु भएको छ । गएराति विद्युतीय धरापमा परेर धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा राखिएको विद्युतीय तारमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने ३८ वर्षीय जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।