१६ असार २०८३, मंगलबार

प्रदेश दुईका १ सय १९ स्थानीय तहमा मतगणना चल्दै, कहाँ के हुँदैछ ?

कात्तिक २०, २०७४
प्रदेश दुईका १ सय १९ स्थानीय तहमा मतगणना चल्दै, कहाँ के हुँदैछ ?

काठमाडौं, असोज ३ - स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनको हालसम्म प्राप्त विवरण अनुसार ११९ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार मंगलबार दिनको १ बजेसम्ममा बाँकी रहेका सप्तरीमा चार, सिरहामा एक, धनुषामा दुई, महोत्तरीमा दुई, सर्लाहीमा एक, रौतहटमा एक, बारामा एक र पर्सामा चार गरी जम्मा १७ वटा स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

सो प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको निवाृचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्