१२ असार २०८३, शुक्रबार

भारत नामलाई लिएर नयाँ विवाद, भाजपाले देशकै नाम फेर्न खोजेको विपक्षी दलको आरोप

भदौ २०, २०८०
काठमाडौं
भारत नामलाई लिएर नयाँ विवाद, भाजपाले देशकै नाम फेर्न खोजेको विपक्षी दलको आरोप

जी–२० शिखर सम्मेलनअघि भारतमा देशको नामको विषयमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ। भारतका राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘इन्डिया’को सट्टा ‘भारत’ प्रयोग गरिएपछि विपक्षीले आपत्ति जनाएका हुन् । 

भारतीय राष्ट्रपति मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘द प्रेसिडेन्ट अफ इन्डिया’ को ठाउँमा ‘द प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ । यसअघि भारतमा राष्ट्रपतिलाई ‘प्रेसिडेन्ट अफ इन्डिया’ लेखिँदै आएको थियो। 

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशकै नाम फेर्न खोजेको आरोप विपक्षी दलले लगाएका छन् । भाजपाका नेता तथा सरकारका मन्त्रीहरूले यसलाई संवैधानिक कदम भनेका छन् । 

विदेश मन्त्री एस. जयशंकरले यसबारे भारतको संविधानमा पहिलेदेखि नै उल्लेख भएको जवाफ दिएका छन् । समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, 'इन्डिया भनेकै भारत हो । यो हाम्रो संविधानमा पनि उल्लेख छ ।' यसबारे भारतीय राष्ट्रपति मुर्मुको भने कुनै प्रतिक्रिया आएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्