३२ असार २०८३, बिहीबार

कांग्रेसले थप्यो वीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य

भदौ २०, २०८०
काठमाडौं
कांग्रेसले थप्यो वीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ सदस्य
फाइल फोटो

नेपाली कांग्रेसले वीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा ११ जना सदस्य थप गरेको छ ।

पार्टीको बैठकको निर्णयानुसार भदौ २४, २५ र २६ मा आयोजना हुने वीपी साहित्य महोत्सव–२०८० सम्पन्न गर्न ११ सदस्य थप गरिएको हो ।

पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठित वीपी साहित्य महोत्सव–२०८० तयारी समितिमा सदस्य थप गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार थपिएका सदस्यमा मीनाक्षी झा, सुजाता परियार, लक्ष्मी परियार, डा. चन्द्रमोहन यादव, सुशीला मिश्र भट्ट, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, डा. वेञ्जु शर्मा, वियोगी बुढाथोकी, गेजा शर्मा वाग्ले र शिव लम्साल छन् । 

वीपी साहित्य महोत्सवको तयारीका काम तीव्ररूपमा अघि बढेको संयोजक पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्