१० असार २०८३, बुधबार

एक महिनाभित्र लुम्बिनी गुरुयोजनाका कार्य सम्पन्न गर्न ल्हारक्याल लामाको निर्देशन

भदौ २०, २०८०
काठमाडौं
एक महिनाभित्र लुम्बिनी गुरुयोजनाका कार्य सम्पन्न गर्न ल्हारक्याल लामाको निर्देशन

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । 

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक््याइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराए । लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र स्ट्रिक लाइटको आज निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

लुम्बिनी गुरुयोजनाअन्तर्गत दुई वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, आठ वटा गेट र दुई हजार दुई सय पोललगायतका स्ट्रिक लाइट निर्माणका लागि छुट्टाछुट्टै चार निर्माण व्यवसायीले निर्माण सम्झौता गरी काम गरिरहेका छन् तर सम्झौताको म्याद सकिनै लाग्दासमेत निर्माण कार्य आधा पनि हुन नसेपछि उपाध्यक्ष डा लामाले आज अनुगमन गरेका हुन् । 

उपाध्यक्ष लामासहित स्थलगत अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपिकृष्ण शर्मासहितको टोली गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्