०५ साउन २०८३, मंगलबार

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

भदौ २१, २०८०
काठमाडौं
एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । गोरखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत आश्रमलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले आश्रमकी गण्डकी प्रदेश संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।​

सीईओ खालिङले बैंकको यस सहयोगबाट आश्रममा रहेका आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने उल्लेख बताए । 

साथै आगामी दिनमा पनि बैंकले परोपकारी कार्य गर्ने संघ संस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । आश्रमकी गण्डकी प्रदेशका संयोजक लामाले सहयोग गरेकोमा बैंकप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधीर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दीप खत्री र आश्रमका संयोजक इश्वरकाजी मास्केको उपस्थिति रहेको थियो ।

शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्यमा पनि बैंकले सहकार्य गर्दै आइरहेको छ ।

स्थापना काल देखिनै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । 


देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्