
कैलाली र तनहुँमा दुई जना मृतावस्थामा फेला परेका छन् । कैलालीको जानकी गाउँपालिका-६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाउँपालिका-९ बस्ने ५५ वर्षीय रंग कडारा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी तनहुँको ब्यास नगरपालिका-१४ रानी भवनस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।