
अर्जेन्टिनाले फिफा विश्वकप छनोटमा विजयी शुरूआत गरेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।
अर्जेन्टिनाको जितमा लियोनल मेसीले खेलको ७८औं मिनेटमा निर्णायक गोल गरे ।
बक्स बाहिर पाएको फ्रिकिकलाई मेसीले गोलमा परिणत गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।