
कलैया, ३ असोज– बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । मधेस केन्द्रित दलहरुको बाहुल्यता रहेको भनिएको कलैयामा एमालेले अग्रता लिएको हो ।
एमालेका मेयर उम्मेदवार विनोदप्रसाद साहले ३८, नेपाली कांग्रेसका राजेश यादवले ३६ र संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले ३४ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका मुकेश साहले १६ मत प्राप्त गरेका छन् । बाराकै जितपुर सिमना उपमहानगरपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ ।