२८ असार २०८३, आइतबार

फेल भएपनि अस्थायी शिक्षकले सुविधा पाउने, विधेयक पारित

कात्तिक २०, २०७४
फेल भएपनि अस्थायी शिक्षकले सुविधा पाउने, विधेयक पारित
काठमाडौँ , ३ असोज – व्यवस्थापिका संसदको आज बसेको बैठकले शिक्षा नवौँ संशोधन विधेयक २०७४ बहुमतले पारित गरेको छ ।sansad
विधेयकमा अस्थायी शिक्षकलाई परीक्षामा फेल भएपनि आर्थिक सुविधा दिने र ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गरिने ब्यवस्था गरिएको छ ।
विधेयक पारित भएसँगै अब स्थायीका लागि लिइने परीक्षामा फेल भएपनि अस्थायी शिक्षकले सुविधा उपभोग गर्न पाउनेछन् । यही माग राख्दै अस्थायी शिक्षकहरु लामो समययता आन्दोलनमा थिए ।
अस्थायी शिक्षकको माग सम्बोधन गर्ने अभिप्रायले शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पेस गरेको विधेयक सैद्धान्तिक छलफल पछि पारित गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्