२५ असार २०८३, बिहीबार

उत्तर कोरियाली नेता किम जोङको रूस भ्रमण निश्चित

भदौ २५, २०८०
काठमाडौं
उत्तर कोरियाली नेता किम जोङको रूस भ्रमण निश्चित

उत्तर कोरियाली नेता किम जोङ उन रसियाको भ्रमण गर्ने निश्चित भएको छ । मस्को र प्योङयाङले नेता किमको औपचारिक भ्रमण सोमबार पुष्टि गरेका हुन् । यसअघि दक्षिण कोरियाको योनहाप समाचार समितिले अज्ञात स्रोतलाई उद्धृत गर्दै नेता किम चढेको रेल रुसतर्फ प्रस्थान गरेको खबर सम्प्रेषण गरेको थियो । 

“राष्ट्रपति पुटिनको निमन्त्रणामा छिट्टै आदरणीय कमरेड किम जोङ उनले रूसी महासङ्घको भ्रमण गर्नहुने तथा त्यस क्रममा कमरेड पुटिनसँग भेटघाट र वार्ता गर्ने कार्यक्रम छ,” उत्तर कोरियाको आधिकारिक समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले नेता किमको भ्रमण पक्का भएको जनाउँदै  खबर लेखेको छ । 

यसैबीच,  रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पनि  उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको भ्रमण गर्ने जनाएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका राज्य मामिला अध्यक्ष किम जोङ अनले आगामी दिनमा रूसी महासङ्घको औपचारिक भ्रमण गर्नुहुनेछ,” भ्रमणको मिति नतोकि क्रेमलिनले निकालेको विज्ञप्तिमा भनिएको छ । 

उत्तर कोरियाली नेता विरलै विदेश भ्रमण गर्छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्