
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेपाली कांग्रेसले बीपी महोत्सव स्थगित गरेको छ ।
बीपी साहित्य महोत्सव तयारी समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले महोत्सवका बाँकी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
‘बैठकले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि बीपी महोत्सव स्थगित गरेको छ । शालीन र सुयोग्य राजनीतिज्ञ नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले मंगलवारका लागि बीपी साहित्य महोत्सव—२०८० को तेस्रो र अन्तिम दिनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको छ’ बद्रीप्रसाद पाण्डले भने ।
बीपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा कांग्रेसले आयोजना गरेको बीपी महोत्सवको दुई दिनको कार्यक्रम भने सम्पन्न भइसकेको छ।