०४ असार २०८३, बिहीबार

नेम्वाङको अन्त्येष्टिका दिन बिहीवार बिदा दिने सरकारको निर्णय

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको अन्त्येष्टिका दिन बिहीवार बिदा दिने सरकारको निर्णय

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन भदौ २८ गते बिहीवार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । 

उक्त दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आधा झण्डा निर्णय भएको गृहका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले संविधान निर्माण र गणतन्त्र स्थापनामा खेलेको भूमिकाको कदर गर्दै यस्तो निर्णय गरिएको गृहले जनाएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पनि नेम्वाङको अन्त्येष्टि हुने दिन (बुधवार वा बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अहिले गृहले मिति तोकेको हो । 

पूर्वसभामुखसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो । 

null
 

salt training

कमेन्ट गर्नुहोस्