महोत्तरी, ४ असोज– महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार भंगहा नगरपालिका–१ को वडाध्यक्षमा नवलकिशोर कापर ७८८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजेश साह कलवारले ४६२ मत ल्याए ।
भंगहा–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ भने सो नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार ११७० मत ल्याएर अग्रस्थानमा रहेको निर्वाचन अधिकृत कार्कीले बताए ।