![राजेश हमालले भत्काए आफ्नो पुरानो घर, नयाँ घरमा सर्दै [तस्वीर]](https://lktcdn2.prixacdn.net/media/Rajesh_Hamal_WyNRLh9vY9.png)
अभिनेता राजेश हमालले काठमाडौंको कपुरधारास्थित आफ्नो पुरानो घर भत्काएका छन् । नयाँ घरमा सर्ने तयारीका साथ उनले उक्त घर भत्काएका हुन् । राजेश काठमाडौं आएको शुरुवाती दिनदेखि नै बुवाले जोडेको यही घरमा बस्दै आएका थिए । उनले सो घरमा दशकौं बिताएका थिए ।

फिल्म क्षेत्रमा उदाउँदै गर्दा, सफल भएपछि र अहिलेसम्म पनि राजेशले त्यही घरमा बिताएका थिए । अब भने उनले बूढानीलकण्ठको सिद्धार्थ कोलोनीमा नयाँ घर बनाएर सर्ने तयारी गरेका छन् । त्यहाँ राजेशको नयाँ घर निर्माण भइरहेको छ । निकै आर्कषक र फरक डिजाइनमा घर बन्दै गरेको राजेशका सहयोगीले जानकारी दिए ।

पछिल्लो समय राजेश र उनकी पत्नी मधु भट्टराई सोही कोलोनी नजिकैको घर भाडामा लिएर बस्दै आएका छन् । बूढानिलकण्ठको घर निर्माण सकिएसँगै कपुरधारामा पनि उनले नयाँ घर बनाउने सोच बनाएको उनीनिकटहरू बताउँछन् ।

राजेश यतिबेला भने बेलायतको लण्डनमा घुमघाम गरिरहेका छन् ।