२४ जेठ २०८३, आइतबार

शिक्षकले अब राजनीति गर्न नपाउने, मतदानको अधिकार सुरक्षित

भदौ २७, २०८०
काठमाडौं
शिक्षकले अब राजनीति गर्न नपाउने, मतदानको अधिकार सुरक्षित
फाइल फोटो

शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन तथा राजनीतिक गतिविधिमा भाग लिन नपाउने भएका छन् ।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ ।

राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्