१७ असार २०८३, बुधबार

पर्सामा कमजोर देखियो कांग्रेस, फोरम सबैभन्दा अघि

कात्तिक २०, २०७४
पर्सामा कमजोर देखियो कांग्रेस, फोरम सबैभन्दा अघि

पर्सा, ४ असोज - पर्साको स्थानीय तह निर्वाचनमा एमाले, माओवादी र संघीय समाजवादी फोरमले अग्रता देखाएका छन् । पर्सामा नेपाली कांग्रेस कमजोर देखिएको छ । हालसम्मको मतगणना अनुसार कांग्रेस कमजोर देखिएको हो ।

प्रदेश नम्बर दुईको सबैभन्दा बढी गाउँपालिका भएको पर्सामा फोरमले ४ ठाउँमा अग्रता कायम गरेको छ । एमाले र माओवादीले समान तीन ठाउँमा अग्रता कायम गरेका छन् ।

कांग्रेसले जम्मा दुई ठाउँमा अग्रता लिएको छ । राजापा र जनता दल एक एक ठाउँमा अघि देखिन्छन् ।

राजपाले पर्साको एक मात्रै महानगरपालिका विरगञ्जमा अग्रता लिएको छ । विरगञ्ज यसपालीको एक मात्रै महागरपालिका हो ।

एमालेले पर्सागढी नगरपालिका, बिन्दबासिनी र पटेर्वा सुगौली गाउँपालिकामा अग्रता लिएको छ ।

माओवादीले छिपहरमाई, पकहामैनपुर र ठोरी गाउँपालिका अग्रता लिएको छ ।

फोरमले पोखरिया नगरपालिका, धोबिनी, जगनाथपुर सखुवा प्रसौनी गाउँपालिकामा अग्रता लिएको छ ।

कांग्रेसले बहादुरमाइ नगरपालिका र जिराभवानी गाउँपालिकामा अग्रता लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्