०९ असार २०८३, मंगलबार

तीन महिनापछि रेसुङ्गामा फेरि उडान शुरू, यात्रु संख्या भने घट्दो

भदौ २९, २०८०
बुटवल
तीन महिनापछि रेसुङ्गामा फेरि उडान शुरू, यात्रु संख्या भने घट्दो

प्रतिकूल मौषमको कारण देखाउँदै तीन महिनादेखि रोकिएको गुल्मीको रेसुङ्गा विमानस्थलबाट फेरि उडान शुरू भएको छ । शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान भरेको हो । नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन इन्चार्ज सुमन थापाले अबदेखि मौषम हेरेर हरेक हप्ताको मंगलवार र शुक्रवार उडान हुने जानकारी दिए । 

गत वैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान शुरू गरेपनि मौसम खराबीका कारण उडान हुन सकेको थिएन । शुक्रवार काठमाडौंबाट रेसुङ्गाका लागि उडान भर्दा ११ जना यात्रु सवार थिए । रेसुङ्गाबाट काठमाडौंका लागि भने मात्र तीनजना यात्रु थिए । यसअघि यो विमानस्थलमा अहिलेभन्दा धेरै यात्रु हुन्थे । मौसम खराबीले पटक–पटक विमान उडान नभएपछि यात्रुमा विश्वास घट्दै गएको बताइएको छ । 

सरकारले भ्याट लगाएसँगै विमानको दुईसय रुपैयाँले भाडादर वृद्धि भएको छ । रेसुङ्गादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गा ७ हजार २८०  रुपैयाँ भाडादर कायम गरिएको थापाले जानकारी दिए । रेसुङ्गा विमानस्थलमा विमान उडानका लागि बिहानीको समय उपयुक्त मानिएको छ । 

शुक्रवारदेखि नियमित उडानको खबरले आफूहरूमा उत्सा छाएको गुल्मीबासीले बताएका छन् । तर, पहाडी जिल्लाका विमानस्थलले नियमति यात्रु पाउन नसक्दा चल्दै बन्द हुँदैको अवस्था देखिएको सरोकारवालाहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्