
चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोलीले भक्तपुरको पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले चिनियाँ टोलीलाई भक्तपुर दरबार स्क्वायरमा परम्परागत धिमेबाजासहित स्वागत गरे। चिनियाँ टोलीलाई भक्तपुर चेम्बरले पर्यटकीय क्षेत्रको अवलोकन गराएको थियो ।
भक्तपुरको अवलोकनपछि चेम्बरका पदाधिकारी र चिनियाँ निजी क्षेत्रका व्यापारिक टोलीबीच लगानीबारे छलफल भएको थियो । चीन फर्किएपछि उक्त टोलीले चिनियाँ जनतामाझ भक्तपुरको प्रचारप्रसार गर्ने, नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनको चीनमा प्रवद्र्धन गर्ने र चिनियाँ कृषि प्रविधि नेपालमा भित्र्याउनेबारेमा मौखिक सहमति भएको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दीपककुमार मल्होत्रालगायतका टोलीको पनि सहभागिता रहेको थियो ।