१० असार २०८३, बुधबार
गैह्रीगाउँ हत्याकाण्ड

काठ मिलमा सुरक्षा गार्ड थिए भुजेल, उनकै परिवारका तीनसहित चार जनाको हत्या

भदौ ३०, २०८०
काठमाडौं
काठ मिलमा सुरक्षा गार्ड थिए भुजेल, उनकै परिवारका तीनसहित चार जनाको हत्या
फाइल तस्वीर

काठमाडौँको  गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र (काठ मिल) चार जनाको हत्या भएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेलको परिवारका तीन जनाको हत्या भएको हो । एक जना भने मोरङका हुन् । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय एसएसपी दिनेश मैनालीका अनुसार हत्या गरिएका भुजेल सोही काठ मिलमा सुरक्षा गार्डकारूपमा कार्यरत थिए । मिलभित्रै उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या भएको छ ।

हत्या गरिएका अर्का एक जना मोरङका १९ वर्षका नवीन राई हुन् । उनीहरू चारै जनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको उनको भनाइ छ । 

घटनास्थलबाट सोधपुछको लागि काठमाडौं-३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । 

 गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा गएराति चार जनाको शव भेटिएको थियो । 

राति १२ बजेतिर घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए । घटनाको कारण खुलिसकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्