असोज ६, २०८०
क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् । क्यानको बाग्मती अध्यक्ष...
ब्राजिलियन फूटबल स्टार नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा करिब ६ वर्ष बिताए । च्याम्पियन्स लिग जिताउन नसकेको भन्दै उनीमाथि फ्यानले नराम्रो व्यवहारसमेत गरेका थिए ।
यसपछि नेयमार ३१ वर्षको उमेरमै युरोप छोडेर साउदी अरेबिया आए । त्यहाँको क्लब अल हिलालमा आबद्ध भए । यो धेरैका लागि अप्रत्यासित थियो ।
यसैबीच ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिगको अल हिलालका लागि सुखद डेब्यू गरेका छन् । अल हिलालले अल रियादमाथि ६–१ को जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको खेलमा उनले गएराति डेब्यू गरेका हुन् ।
उक्त खेलमा बेन्चबाट दोस्रो हाफमा मैदान पस्दै नेयमारले डेब्यू गरेका थिए । उनले खेलको ६४ औं मिनेटमा मिडफिल्डर माइकलको स्थान लिएका थिए । नेयमार मैदान पस्दा नै २–० को अग्रता लिएको थियो अल हिलालले । त्यसपछि ४ गोल थपेको थियो ।
पेनाल्टी पाएपछि नेयमारलाई खेलको ८७ औं मिनेटमा गोलको खाता खोल्ने अवसर पनि थियो । तर अल हिलालले पाएको पेनाल्टी नेयमारले सालेम अल दसारीलाई प्रहार गर्न दिए । मैदानमा उपस्थित क्लबका समर्थकले भने नेयमारले पेनाल्टी हान्नुपर्ने आवाज उठाइरहेका थिए । तर उनले नहान्दा निराशा व्यक्त गरेका थिए ।
यद्यपि, उनीहरूले खेलको अन्तिमसम्म पनि नेयमारप्रति सम्मान जनाइरहे । ‘नेयमार ब्राजिलको शीर्ष गोलकर्ता हुन्’ भन्दै उनीहरूले नेयमारकाे ठूलो तस्वीरसहितको ब्यानर बोकेका थिए ।
नेयमारले यसै हप्ता बोलिभियाविरुद्ध २ गोल गर्दै महान खेलाडी पेलेलाई उछिनेका थिए । ब्राजिलका लागि नेयमारले ७९ गोल गर्दा पेलेको नाममा ७७ गोल छ ।
अल हिलालको जितमा दसारीले २ तथा एलेक्जेन्डर मित्रोभिच, यासेर अल शाहरानी, नासेर अल दसारी र माल्कमले १–१ गोल गरेका थिए ।
क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् । क्यानको बाग्मती अध्यक्ष...
नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । भर्खरै शुरू भएको मतगणनामा १० मत गन्दा दुवैले पाँच–पाँच मत ल्याएका छन् । निर्वाचनमा ८५ मत ख...
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस ख...
नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसचिव प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३७ मत गणना हुँदा पारसले २० र प्रशान्तले १७ मत प्राप्त गरेका छन् । पारस ...
नेपाली क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी दिने भने पनि अन्तिम समयमा उनी ब्याक भए । यसैले चन्द निर्विरोध बन्न सफल भए । अध्...
नेपाल क्रिकेट संघको निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लविरुद्ध अग्रता बढाउँदै लगेका छन् । ८५ मध्ये ५० मत गणना हुँदा पारस २९ मतसहित ८ मतले अगाडि छन् । यता प्रशान्तले २१ मत ल्या...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...