असोज ६, २०८०
नेपाली क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी दिने भने पनि अन्तिम समयमा उनी ब्याक भए । यसैले चन्द निर्विरोध बन्न सफल भए । अध्...
फिफा वेस्ट अवार्डको पुरुषतर्फको मनोनयन सार्वजनिक भएको छ । फूटबलको सर्वोच्च निकाय फिफाले हालै सार्वजनिक गरेको मनोनयन सूचीमा १२ खेलाडीको नाम छ ।
सूचीमा अर्जेन्टिना तथा अमेरिकी क्लब इन्टर मायमीका कप्तान लियोनल मेसीदेखि लिएर नाइजेरिया तथा इटालियन क्लब नापोलीका स्ट्राइकर भिक्टर ओसिम्हेन पनि समेटिएका छन् ।
पोर्चुगल तथा साउदी क्लब अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो तथा ब्राजिल तथा साउदीकै क्लब अल हिलाल नेयमार भने सूचीमा परेनन् ।
हेरौं सूचीः
१. जुलियन अल्भारेज (अर्जेन्टिना म्यानचेस्टर सिटी)
२. मार्सेलो ब्रोजोभिच (क्रोएसिया इन्टर मिलान–अल नासर)
३. केभिन डे ब्रुयने (बेल्जियम म्यानचेस्टर सिटी)
४. एकाई गुन्डोगान (जर्मनी/ म्यानचेस्टर सिटी-बार्सिलोना)
५. अर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी)
६. रोड्री (स्पेन/म्यानचेस्टर सिटी)
७. ख्भिचा क्भारतास्खेलिया (जर्जिया/नापोली)
८. केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)
९. लियोनल मेसी (अर्जेन्टिना/फ्रान्स पेरिस सेन्ट जर्मेन–इन्टर मायमी)
१०. भिक्टर ओसिम्हेन (नाइजेरिया/नापोली)
११. डेक्लन राइस (इंग्ल्यान्ड/वेस्ट ह्याम–आर्सनल)
१२. बर्नार्डो सिल्भा (पोर्चुगल/म्यानचेस्टर सिटी) ।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् । उनले टोटेनहम तथा सेल्टिकका पूूर्वप्रशिक्षक एन्ज पोस्टेकोग्लू सहित अन्य तीनजना प्रशिक्षकसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै गोलकिपरतर्फ म्यानचेस्टर सिटीका इडर्सन मनोनयनमा परेका छन् भने म्यानचेस्टर युनाईटेडमा भर्खरै जोडिएका आन्द्रे ओनानासमेत समेटिएका छन् ।
द बेस्टमा राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानको भोटिङका आधारमा प्रारम्भिक सूची सार्वजनीक गरिएको हो ।
नेपाली क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दविरुद्ध विनयराज भण्डारीले उम्मेदवारी दिने भने पनि अन्तिम समयमा उनी ब्याक भए । यसैले चन्द निर्विरोध बन्न सफल भए । अध्...
क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् । क्यानको बाग्मती अध्यक्ष...
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।...
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...
नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । भर्खरै शुरू भएको मतगणनामा १० मत गन्दा दुवैले पाँच–पाँच मत ल्याएका छन् । निर्वाचनमा ८५ मत ख...
नेपाल क्रिकेट संघको निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लविरुद्ध अग्रता बढाउँदै लगेका छन् । ८५ मध्ये ५० मत गणना हुँदा पारस २९ मतसहित ८ मतले अगाडि छन् । यता प्रशान्तले २१ मत ल्या...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...