०५ साउन २०८३, मंगलबार

देशभरकै मौसम बदली, कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

भदौ ३१, २०८०
काठमाडौं
देशभरकै मौसम बदली, कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । आज देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल  भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्