
केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यका साथ केएफसीको दरबारमार्गस्थित स्टोर पुनः सञ्चालनमा ल्याइएको हो ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो ।
सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्रान्डको प्रवेश भएको थियो ।
यसैबीच केएफसी नेपालले बहुप्रतीक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभरि आफ्नो स्टोरहरूमा उपलब्ध गराउन शुरू गरेको छ ।
नेपालमा पर्वहरूको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरू समक्ष पुर्याउने निर्णयमा केएफसी पुगेको हो ।

दरबारमार्ग स्टो पुनः सञ्चालामा आएसँगै ग्राहकहरूले आफ्नो मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने केएफसीले जनाएको छ ।
कम्पनीका अनुसार स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरूलाई स्मरणीय भोजन अनुभव दिनेछ ।
साथै ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिट्टै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिने छ ।
चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमा डबल डाउन बर्गर ल्याएको छ ।
ग्राहकहरूलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्नका लागि उक्त लोकप्रिय प्रोडक्ट सीमित अवधिका लागि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।